Skip to content

नेपालमा सिए अध्ययनप्रति बढ्दो आकर्षण, कति हुन्छ सिएको तलब ?

काठमाडौँ। पछिल्लो समय नेपालमा सिए अध्ययन गर्ने विषयलाई लिएर धेरै विद्यार्थीहरूमा जिज्ञासा र डर दुबै देखिन्छन्। सिए पढाइ चुनौतीपूर्ण कोर्समध्ये एक मानिन्छ।

पछिल्लो समय नेपाल बोर्डको सिए पढ्नेहरुको संख्या नेपालमा भारतीय बोर्ड पढ्ने संख्याको तुलनामा सबैभन्दा बढी छ । प्लस टुपछि विदेश जाने ट्रेण्ड चलिरहेका बेला १००० विद्यार्थीले आइक्यानमा भर्ना गर्नुलाई आइक्यानले ‘औसत सफलता’ मानेको छ ।

सिएको परीक्षा प्रणाली निकै कडा हुने भएकाले पास हुन धेरै नै मेहनत गर्नु पर्ने हुन्छ। यसले गर्दा धेरैलाई यो अत्यन्त गाह्रो लाग्छ, तर सही आधार, नियमित अभ्यास र धैर्य भएमा यो सहजै पास गर्न सकिने धेरैले भनेको हामीहरूले सुन्ने गर्छौं। अल इन्डिया ११ हासिल गरेका अंकित कुमार महतोले स्पष्ट नबुझी केवल रटाइमा निर्भर रहँदा दीर्घकालीन रूपमा सफलता पाउन कठिन हुने बताएका छन्। सिए सरोकारसँग कुराकानी गर्दै महतोले यस्तो बताएका हुन्।

सर्लाही घर भएका अंकित कुमार महतोले ७८.१७ प्रतिशत अंकसहित अल इन्डिया ११ प्राप्त गरेका छन्। एकेडेमी अफ कमर्श चार्टड एकाउन्टेन्ट (एओसी सीए) मा अध्ययनरत थिए। भारतीय चार्टर्ड एकाउन्टेन्टहरूको संस्था (आईसीएआई) ले सञ्चालन गरेको याे वर्षकाे चार्टर्ड एकाउन्टेन्ट (सिए) परीक्षामा नेपालका ७ जना विद्यार्थीले ‘अल इन्डिया टप’ गरेका छन्।

यद्यपि यसलाई पूर्ण रूपमा सजिलो भन्न मिल्दैन। खर्चको कुरा गर्दा नेपालमा आइक्यान अन्तर्गत सिए पढ्दा पनि लाखौँ खर्च लाग्न सक्छ भने आईसिएआइ अन्तर्गत भारतमा अध्ययन गर्दा बसोबाससहित ५ देखि १० लाख रुपैयाँसम्म खर्च पुग्न सक्छ। सिए पास गरेपछि नेपालमै बैंक, अडिट फर्म, कर्पोरेट कम्पनी तथा सरकारी क्षेत्रमा आकर्षक रोजगारी पाइन्छ भने विदेशमा पनि डिमाण्ड उच्च रहेको छ।

तलबको कुरा गर्नु पर्दा  करिब ५० हजारदेखि १.५ लाख रुपैयाँसम्म हुन सक्छ र अनुभवसँगै यो आय उल्लेखनीय रूपमा बढ्न सक्छ। यद्यपि सिए पढाइले लामो समय, निरन्तर मेहनत र कहिलेकाहीँ असफलताको सामना गर्नुपर्ने अवस्था ल्याउँछ। जसले गर्दा सामाजिक जीवनमा केही सम्झौता गर्नुपर्ने हुन सक्छ। समग्रमा हेर्दा, सिए गाह्रो अवश्य छ तर सही दृष्टिकोण, दृढता र मेहनतका साथ यसलाई सफलतापूर्वक पूरा गर्न सकिन्छ। यसले दीर्घकालीन करियर तथा आर्थिक स्थायित्वको बलियो आधार प्रदान गर्छ।

पछिल्लो समय सिए अध्ययनप्रति विद्यार्थीहरूको आकर्षण बढ्दो देखिएको छ। वित्तीय क्षेत्रको विस्तारसँगै दक्ष लेखा तथा अडिट विशेषज्ञको माग बढिरहेको हुँदा सिएलाई नेपालमा एक प्रतिष्ठित र भविष्य सुनिश्चित गर्ने करियरका रूपमा लिइन्छ। आइक्यान अन्तर्गत सञ्चालन हुने यो कोर्स प्लस टुपछि सुरु गर्न सकिन्छ ।

‘दिनको ८ घण्टा समय दिए सिए पास गर्न सकिन्छ’- अन्जल श्रेष्ठ

‘धेरै अभ्यास गर्नुहोस्, दैनिक पढ्नुहोस्, सिए मज्जाले पास गर्न सकिन्छ’

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।