काठमाडौँ। लेखा व्यवसायीहरूको साझा मञ्चका रूपमा आयोजित ५औँ राष्ट्रिय लेखा व्यवसायी सम्मेलन आज औपचारिक रूपमा उद्घाटन भएको छ। सम्मेलनको उद्घाटन सत्रमा माननीय महालेखा परीक्षक तोयम राया प्रमुख अतिथिका रूपमा उपस्थित भएका थिए।
कार्यक्रमले नेपालमा लेखा तथा लेखापरीक्षण क्षेत्रको सुदृढीकरण, व्यावसायिक विकास र पारदर्शिता अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्मेलनमा देशभरका लेखा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको छ। जसले पेशागत अनुभव आदानप्रदान तथा नीतिगत छलफललाई थप सशक्त बनाउने विश्वास लिइएको छ।
सम्मेलनको सुरुवातले नेपालका लेखा पेशेवरहरूबीच सहकार्य, दक्षता र जिम्मेवारी अभिवृद्धि गर्ने दिशामा प्रेरणादायी सन्देश दिएको आयोजकहरूले बताएका छन्। यस वर्षको सम्मेलनको मुख्य विषय ‘विश्वव्यापी र आर्थिक स्थायित्व सुदृढीकरणमार्फत नेपालका लागि दिगो आर्थिक रूपान्तरण’ रहेको छ। तस्विरहरू:


प्रतिक्रिया दिनुहोस्