काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले डिसेम्बर २०२५ को चार्टर्ड एकाउन्टेन्सी सिए तहहरू फाउण्डेशन, क्याप १ , क्याप २ तथा क्याप ३ का लागि अनलाइन परीक्षा फारम बुझाउने सम्बन्धी सूचना सार्वजनिक गरेको छ।
उक्त फारम २०२५ अक्टोबर ९ देखि उपलब्ध हुनेछ र सामान्य शुल्कका साथ अक्टोबर २९ बेलुका ५ बजे सम्म बुझाउन सकिनेछ। यदि समय नाघ्यो भने ढिला शुल्क सहित नोभेम्बर ३ बेलुका ५ बजे सम्म फारम बुझाउन पाइने व्यवस्था गरिएको आइक्यानले जनाएको छ।
परीक्षा केन्द्रहरू काठमाडौँमा मात्र सीमित नराखी बिराटनगर, पोखरा, बुटवल, बीरगंज, चितवन, धनगढी र नेपालगञ्जमा पनि सञ्चालन गरिने भएको छ। तर, प्रत्येक केन्द्रमा संचालनको लागि न्यूनतम विद्यार्थी संख्या फाउण्डेशन र क्याप १ तथा क्याप ३ का लागि १० तथा क्याप २ का लागि २० पूर्ति हुनु अनिवार्य हुनेछ। यदि कुनै केन्द्रमा आवश्यक आवेदन संख्या नपुग्दा त्यो केन्द्र रद्द गरिनेछ भने उक्त केन्द्रका विद्यार्थीहरूलाई काठमाडौँ केन्द्रमा सारिने आइक्यानले जनाएको छ।
यता अनलाइन परीक्षा फारम आइक्यानको वेबसाइटमा रहेको Student Login https://en.ican.org.np/student पोर्टलमार्फत भर्न सकिनेछ। फारम स्वीकृत हुनुभन्दा पहिला शुल्क भुक्तानी गर्नु आवश्यक हुनेछ भने शुल्क बिना फारम स्वीकार नगरिने आइक्यानले सूचनामा उल्लेख गरेको छ। यस्तो छ आइक्यानले जारी गरेको सूचना:
प्रतिक्रिया दिनुहोस्