Skip to content

एक्यानको कोषाध्यक्षमा सविन कार्की र प्रदीप मल्ल भिड्दै

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को आशन्नको निर्वाचनमा कोषाध्यक्ष पदका लागि सविन कार्की र प्रदीप मल्लले उम्मेदवारी दिएका छन् । दुबै जनाले बिहीबार उम्मेदवारी दिएका हुन् ।

संघको चुनाव यहि असोज ३ गते हुँदैछ । चुनावमा उपाध्यक्षमा सिए राज ढकाल, सिए अनिल लामिछाने र लोकेन ऐर पनि उम्मेदवार बनेका छन् ।

यता संघको महासचिवमा सिए सुनिल बुढाथोकी र सिए प्रदीप अर्याल एकआपसमा भिड्दैछन् । उनीहरु एकै समूहका भएको चर्चा भए पनि यसपटक चुनावमा आमने सामने देखिएका छन्

संघको कार्यसमितिमा महिलातर्फ सजना मैनाली निर्विरोध निर्वाचित भएकी छिन् भने खुलातर्फ इशा अधिकारी, अन्जली सावद, सुमन न्यौपाने, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोखरेल, र मिथलेश प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।