काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिलाई स्वागत गरेको छ। असार ३० गते मल्ल होटेल काठमाडौँमा एक कार्यक्रमको आयोजना गर्दै एक्यानले नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिलाई स्वागत गरेको हो।
कार्यक्रममा एक्यानले अडानको नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिलाई स्वागत र बधाई ज्ञापन गरेको छ। जसमा पेशाको उत्थानका लागि दुबै संघहरूको सामूहिक प्रयासहरूको बारेमा छलफल समेत भएको थियो।
एक्यानले नवनिर्वाचित केन्द्रीय कार्यकारिणी समितिलाई आगामी कार्यकालको लागि शुभकामनासमेत व्यक्त गरेको छ। तस्विरमा हेर्नुहोस् कार्यक्रमक खास झलक:
प्रतिक्रिया दिनुहोस्