Skip to content

एक्यान टोस्टमाष्टर्समा नयाँ नेतृत्व

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) अन्तर्गत सञ्चालनमा रहेको एसीएएन टोस्टमास्टर्स क्लबको २०२५–०२६ कार्यकालको नयाँ कार्यसमिति चयन गरिएको छ। हालै सम्पन्न निर्वाचन प्रक्रियामार्फत विभिन्न पदमा सदस्यहरू निर्वाचित भएका हुन्।

निर्वाचन प्रक्रियामार्फत अध्यक्ष टोस्टमास्टर हितेश अग्रवाल, उपाध्यक्ष (शिक्षा) टोस्टमास्टर नवराज गौतम, उपाध्यक्ष (सदस्यता) टोस्टमास्टर चक्र बुढा, उपाध्यक्ष (सार्वजनिक सम्बन्ध) टोस्टमास्टर अञ्जु पोखरेल, सचिव टोस्टमास्टर प्रेमप्रसाद देवकोटा, कोषाध्यक्ष टोस्टमास्टर कल्पना शाह, सर्जेन्ट एट आर्म्स टोस्टमास्टर रविन्द्र पाण्डे, पूर्वअध्यक्ष टोस्टमास्टर संजीता नेपाल, सल्लाहाकार टोस्टमास्टर केपी उपाध्याय र एडभाइजरमा टोस्टमास्टर केपी उपाध्याय निर्वाचित भएका छन्।

नव-निर्वाचित कार्यसमितिले क्लबको नेतृत्व गर्दै सदस्यहरूको व्यक्तित्व विकास, नेतृत्व क्षमताको अभिवृद्धि तथा संप्रेषणकलाको सुधारमा विशेष योगदान पुर्‍याउने अपेक्षा गरिएको छ। क्लबले आगामी कार्यकालमा अझ प्रभावकारी र समावेशी कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

साथै, नयाँ कार्यसमितिलाई सफल कार्यकालको शुभकामना दिँदै, पूर्वअध्यक्ष संजीता नेपालले क्लबको निरन्तर सफलता र प्रगतिको कामना गरेका छन्। एसीएएन टोस्टमास्टर्स क्लब Toastmasters International अन्तर्गत आबद्ध एक पेशागत क्लब हो। जसले सदस्यहरूलाई सार्वजनिक वक्तृत्वकला र नेतृत्व विकासमा निरन्तर मार्गदर्शन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।