काठमाडौँ । छोटो समयमै टिकटक र इन्स्टाग्राममार्फत वित्तीय साक्षरताको सन्देश फैलाएर चर्चामा आएकी चार्टर्ड एकाउन्टेन्ट अनुपमा सङ्ग्रौलाले आफ्नो युट्युब जर्नि सुरु गरेकी छिन् । छोटा कन्टेन्टमार्फत चर्चा कमाएकी संग्रौलाले अव लामा भिडियोमार्फत पनि वित्तीय सचेतना फैलाउन सुरु गरेकी छिन् ।
अर्थशास्त्र, कर प्रणाली, लगानी तथा पैसासम्बन्धी व्यवहारिक ज्ञान सरल भाषामा प्रस्तुत गर्दै सामाजिक सञ्जालमा लाखौंको मन जितेकी उनी अब युट्युबमार्फत आम दर्शकमाझ केहि लामा भिडियोमार्फत आउनेछिन् ।
सिए महिलाका रुपमा आफ्नो अलग्गै नाम बनाउन सफल संग्रौलाले बनाएका भिडियोहरु लाखौँले हेरिरहेका छन् । उनी हाम्रो एकेडेमीमा आवद्ध छिन् ।
प्रतिक्रिया दिनुहोस्