काठमाडौँ । आइक्यानले कार्यकारी निर्देशकमा ५ जनाको नाम सर्ट लिष्ट गरेको छ । आइक्यानले एक सार्वजनिक सूचना जारी गर्दै सर्ट लिष्ट सार्वजनिक गरेको हो ।
सर्ट लिष्टमा पर्नेहरुमा सिए कृष्ण प्रसाद लामिछाने, सिए बिमल डंगोल, सिए मुकुन्द सुवेदी, सविन बिक्रम पन्त र सिए सुरेन्द्र पौडेल छन् ।
यीमध्ये लामिछाने, डंगोल र सुवेदी बैंकिङ पृष्ठभूमिका छन् । लामिछाने ग्लोबल आईएमई बैंकमा रहँदा विवादमा तानिएपछि बैंक छोडेका पत्र हुन् भने डंगोल हाल राष्ट्रिय बाणिज्य बैंकमा कार्यरत छन् । सुवेदी एनसीसी हुँदै कुमारी पुगेर बैंक छोडेका पूर्व बैंकर हुन् । बैंकिङ छोडेर उनी प्राक्टिसमा थिए ।
सुवेदीले यसअघि आइक्यानको सोहि पदमा अप्लाई गरेका थिए । तर, अन्तिम समयमा सुरेन्द्र भुषण श्रेष्ठले बाजी मारेपछि उनको आइक्यानको कार्यकारी निर्देशक बन्ने रहर पूरा भएको थिएन ।
आइक्यानको इडी बन्ने लाइनमा आयल निगमका पूर्व प्रबन्ध निर्देशक सिए सुरेन्द्र पौडेल पनि छन् । अनुभवका हिसाबले आवेदन दिनेमध्ये उनी अब्बल मानिएका छन् । तर अदालतमा विचाराधीन उनको मुद्धाले उनलाई सो पदमा बस्न दिन्छ कि दिंदैन भन्ने उल्झन देखिएको छ । आइक्यानभित्र पनि यस कुराले चर्चा पाएको छ । यो केसमा कुनै पनि कानुनी उल्झन नभए उनी नै अवको कार्यकारी निर्देशक बन्नेछन् ।
यता सविन बिक्रम पन्त भने नन सिए हुन् । उनी आरएले कार्यकारी निर्देशक बनाउन चाहेका व्यक्ति हुन् ।
प्रतिक्रिया दिनुहोस्