Skip to content

‘क्वाक’ अडिटरको बिगबिगी ह्वात्तै बढ्यो, ‘हस्ताक्षर र छाप भाडामा लिएर’ बर्षकै करोडौँको कारोबार !

काठमाडौँ । नेपाली बजारमा नक्कली अडिटरको बिगबिगी बढेको छ । नियामक आइक्यानको सदस्यता नभएका तर केहि आरए र केहि सिएको हस्ताक्षर र छाप भाडामा लिएर क्लाइण्टहरुको अडिट लगायतको काम गर्नेको संख्या ह्वात्तै बढेको हो ।
 
केहि समय अघि सिए सरोकारले त्यस्ता क्वाक अडिटरहरुको बारे निरन्तर समाचार प्रकाशन गरेपछि आइक्यानले त्यस्ता व्यक्तिहरुलाई आफ्नो सीओपीनै भाडामा दिनेहरुलाई कारवाहीसमेत गरेको थियो । तर, पछिल्लो समय सचेतनाको कमी, कारवाहीमा आएको सुस्ता लगायतका कारणले त्यस्ता ‘क्वाक अडिटर’हरुको बिगबिगी ह्वात्तै बढेको छ ।
 
यतिसम्मकि कतिपय कानुन व्यवसायीहरुलेसमेत यस्तो गलत धन्दा गरेको पाइएको छ । कानुन व्यवसायीका अलावा, केहि सिए विद्यार्थीहरुले पनि संगठित रुपमा यस्तो गलत काम गरिरहेको पाइएको छ । तर गुनासो कुर्ने, गुनासो आए पनि सामान्य फोन गरेर त्यसो नगर्न चेतावनी दिने तर कारवाही प्रक्रिया अगाडी नबढाउने आइक्यानको रबैयाका कारण बजारमा त्यस्ता ‘क्वाक अडिटर’हरुको संख्या ह्वात्तै बढेको हो ।
 
रिस्क पनि नहुने, र काम पनि हुने हुँदा क्वाकहरुलाई पनि फाइदा, धेरै काम हेर्न पनि नपर्ने हस्ताक्षर गरेको पैसा पनि आउने फाइदा देखेर केहि सिए र आरएहरु यस्तो धन्दामा लागि परेको देखिएको हो ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।