काठमाडौँ । डेभलपमेन्ट बैंकर्स एसोसिएसन नेपालको अध्यक्षमा दिनेश थकाली निर्वाचित भएका छन् । संघको २१औँ वार्षिक साधारण सभाले कामना सेवा विकास बैंकका सिइओ समेत रहेका थकालीलाई सर्वसम्मतले अध्यक्षमा निर्वाचित गरेको हो ।
सभाले थकालीको नेतृत्वमा ९ सदस्यीय नयाँ कार्यसमितिसमेत निर्विरोध चयन गरेको छ । संघको उपाध्यक्षमा गरिमा विकास बैंकका सिइओ माधव प्रसाद उपाध्याय, सचिवमा ज्योति विकास बैंकका सिइओ कपिल ढकाल र कोषाध्यक्षमा महालक्ष्मी विकास बैंकका सिइओ दिपेश लम्साल निर्वाचित भएका छन् ।
त्यस्तै, संघको कार्यसमिति सदस्यमा मुक्तिनाथ विकास बैंकका सिइओ तारा मानन्धर, लुम्बिनी विकास बैंकका सिइओ सुमन आचार्य, सांग्रिला डेभलपमेन्ट बैंकका सिइओ रबिन सिजापति, ग्रीन डेभलपमेन्ट बैंकका सिइओ हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकका सिइओ अनन्त कुमार चापागाईं निर्वाचित भएका छन् ।
कार्यसमितिको सदस्यहरूमा मुक्तिनाथ विकास बैंकको प्रमुख कार्यकारी अधिकृत तारा मानन्धर, लुम्बिनी विकास बैंकका प्रमुख कार्यकारी अधिर्कत सुमन आचार्य, साङ्ग्रिला डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत रबिन सिजापति, ग्रिन डेभलपमेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकी र मितेरी डेभलपमेन्ट बैंकको प्रमुख कार्यकारी अधिकृत अनन्त कुमार चापागाईं निर्वाचित भएका छन् ।



प्रतिक्रिया दिनुहोस्