Skip to content

परीक्षा सम्बन्धी कार्यका लागि आइक्यानद्वारा ‘रिसोर्स पर्सन’ माग

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले रिसोर्स पर्सन माग गरेको छ। आइक्यानले एक सूचना जारी गर्दै परीक्षा सम्बन्धी विभिन्न कार्यका लागि रिसोर्स पर्सन माग गरेको हो।

रिसोर्स पर्सनको रूपमा आबद्ध हुन इच्छुक तथा योग्य व्यक्तिहरूसँग आइक्यानले इच्छापत्र (Expression of Interest-EOI) आह्वान गरेको छ। संस्थाले आवश्यकताअनुसार प्रश्नपत्र निर्माण, प्रश्नपत्र मोडरेसन, प्रश्नपत्र समीक्षा, उत्तरपुस्तिका परीक्षण तथा पुन: जाँचलगायतका परीक्षा सम्बन्धी कार्यमा रिसोर्स पर्सन परिचालन गर्ने जनाएको छ।

यसका लागि आवेदकले आइक्यानको सदस्यता प्राप्त चार्टर्ड एकाउन्टेन्ट हुनुपर्ने र योग्यता हासिल गरेपछिको कम्तीमा तीन वर्षको कार्य अनुभव भएको हुनुपर्नेछ।

इच्छुक उम्मेदवारले आफ्नो बायोडाटा तथा शैक्षिक प्रमाणपत्रहरूको प्रतिलिपि इमेलमार्फत पठाउनुपर्नेछ। सूचनासहित:

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।