Skip to content

विवादै विवादको चंगुलमा एक्यानको चुनाव: अस्तव्यस्त व्यवस्थापन, निर्वाचन अधिकृतकै भूमिका शंकास्पद !

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको निर्वाचन सम्पन्न भएको छ । कार्की बैङ्कोइटमा सम्पन्न निर्वाचनमा १७३३ जनाले मतदान गर्न पाएका छन् । तर, यसपटकको निर्वाचन विवादै विवादको चंगुलमा फसेको छ भने निर्वाचन अधिकृतकै भूमिकामाथि धेरैले प्रश्न उठाएका छन् ।

१. निर्वाचनमा परिचयपत्रको विवाद ठुलो देखियो । स्वयम् उपस्थित भएर सरकारले मागेको नागरिक एप नै खोलेर परिचयपत्र देखाउँदा पनि हार्ड कपि परिचय पत्र मागियो ।  त्यतिमात्र होइन, एक्यानकै वेव साइटमा भरिएको विवरणबाट प्राप्त डिजिटल कार्ड पनि मानिएन । यसको चौतर्फी विरोध भयो ।

२. निर्वाचनमा व्यापक धाँदलीको गन्ध त्यहाँ देखियो, जव संघका पूर्व अध्यक्षहरुको नामावली नै सूचीमा थिएन । आजीवन सदस्य भएपछि ती नाम अनिवार्य रुपमा हुनुपर्ने थियो । जवर्जस्त नामावली कसैको कता, कसैको कता विना जानकारी पठाइएको भन्दै निर्वाचन स्थलमा ठुलो विवाद भयो । यहि कारण, करिव ३० मिनेट निर्वाचन रोकियो ।  एक पूर्व अध्यक्षले नामावलीको सूची नै च्यात्न खोजे पछि थप विवाद निक्सिएको थियो । निर्वाचन अधिकृतकै भूमिका शंकास्पद भएको भन्दै कुरा पनि उठ्यो । तर आफ्नो पसिना बगेको संघलाई थप विवादमा नतान्ने भन्दै ती पूर्वअध्यक्ष हिँडेपछि रोकीएको निर्वाचन पुन: सुरु भएको थियो ।

४. निर्वाचन अधिकृतले द्वेद चरित्र देखाए । नामावलीमा नाम नभए पनि आजीवन सदस्यले भोट हाल्न पाउनुपर्छ भनेर भट्टराई थरका व्यक्तिलाई भोट हाल्न दिएका अधिकृतले अन्यलाई भने भोट हाल्न दिएनन् । यसले उनी स्वयम् केहि उम्मेदवार विशेषको समर्थक रहेको भन्दै निर्वाचन स्थलमा बिरोध भएको थियो । चौतर्फी कुरा उठेपछि अध्यक्ष आएर केहि कमी कमजोरी भएको भन्दै माफी मागेपछि स्थिति साम्य भएको थियो । तर निर्वाचन अधिकृतले उनीहरुलाई भोट हाल्न भने दिएनन् ।

५. निर्वाचनको सामान्य कानुन अनुसार पनि निर्वाचनका समयमा निर्वाचनको प्रचार प्रसार गर्न पाइन्न । तर खुलेआम डिजिटल वा फिजिकल रुपमा निर्वाचन स्थलभित्रै प्रचार प्रसार हुँदा निर्वाचन अधिकृत निरीह देखिए । यसबाट पनि उनको भूमिकामाथि प्रश्न उठ्यो । यति सम्मकि उम्मेदवारकै प्रायोजन कम्पनीलाई निर्वाचन स्थलमा ठाउँ दिइयो ।

६. अघिल्लो पटक फर्जी मत हाल्नसमेत दिएका उनै निर्वाचन अधिकृतले फर्जी मत खस्न बाट निर्वाचनलाई जोगाउन सकेनन् । एक सिएले अरुकै ड्राइभिङ लाइसेन्स देखाएर भोट हाल्दा पनि  निर्वाचन अधिकृत बोलेनन् ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।