Skip to content

सिएहरूलाई एसियाली विकास बैंकमा काम गर्ने अवसर, वरिष्ठ वित्तीय व्यवस्थापन अधिकृत माग !

काठमाडौँ। एसियाली विकास बैंक (Asian Development Bank) ले सिए माग गरेको छ। बैंकले एक सूचना जारी गर्दै वरिष्ठ वित्तीय व्यवस्थापन अधिकृत ‘Senior Financial Management Officer’ माग गरेको हो।

बैंकले नेपाल रेसिडेन्ट मिसन, काठमाडौँका लागि सो पदमा दरखास्त आह्वान गरेको छ। आवेदन भदौ २९ गतेभित्र दिन सकिनेछ।

उक्त पदका लागि लेखा, वित्त वा सम्बन्धित विषयमा कम्तीमा स्नातक तह उत्तीर्ण गरेको र सिपिए, सिए वा एसिसिए जस्ता अन्तर्राष्ट्रिय रूपमा मान्यताप्राप्त व्यावसायिक लेखा योग्यता भएको हुनुपर्नेछ।

साथै, वित्तीय व्यवस्थापन, लेखा, बजेट वा लेखापरीक्षण क्षेत्रमा कम्तीमा ८ वर्षको व्यावसायिक अनुभव र कम्तीमा ४ वर्षको सुपरिवाइजरी अनुभव आवश्यक पर्ने बैंकले जनाएको छ।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।