Skip to content

आइक्यानका नवनिर्वाचित अध्यक्ष तथा उपाध्यक्षको शपथ कार्यक्रम सम्पन्न

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का निर्वाचित अध्यक्ष तथा उपाध्यक्षको शपथ कार्यक्रम सम्पन्न भएको छ। आइक्यानको १०औँ परिषद्को तेस्रो कार्यकालका लागि निर्वाचित अध्यक्ष तथा उपाध्यक्षको शपथ कार्यक्रम सम्पन्न भएको हो।

संस्थाको १०औं परिषदको तेस्रो कार्यकालका लागि नवनिर्वाचित अध्यक्ष सिए आनन्दराज शर्मा वाग्लेलाई महालेखापरीक्षक तोयम राया तथा नवनिर्वाचित अध्यक्ष उपाध्यक्ष सिए हेमकुमार काफ्लेलाई पद तथा गोपनीयताको शपथ गराएका हुन्।

कार्यक्रममा निवर्तमान अध्यक्ष सिए निलबहादुर सारु मगरले आफ्नो कार्यकालमा संस्थाले सम्पादन गरेका प्रमुख गतिविधि तथा हासिल गरेका उपलब्धिबारे जानकारी गराएका थिए।

बंगलादेशमा आयोजित साफा क्विज २०२५ का विजेता संस्थाका विद्यार्थीलाई सम्मान गरिएको थियो। महालेखापरीक्षक रायाबाट आईक्यानको परिमार्जित आधिकारिक लोगोसमेत सार्वजनिक गरिएको थियो। यसअघि संस्थाले व्यवसाय मूल्याङ्कनसम्बन्धी समसामयिक अवधारणा, अभ्यास तथा व्यावसायिक दक्षता अभिवृद्धि गर्ने उद्देश्यले डायनामिक अफ बिजनेस भ्यालुयसन विषयक सम्मेलन आयोजना गरेको थियो।

सम्मेलनको प्राविधिक सत्रमा व्यवसाय मूल्यांकनका नवीन प्रवृत्ति, मूल्यांकनका विभिन्न विधि, व्यावहारिक प्रयोग तथा वर्तमान व्यावसायिक परिवेशमा व्यवसाय मूल्यांकनको बढ्दो महत्वका विषयमा प्रस्तुतीकरण भएको थियो।

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।