काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का विद्यार्थीहरूले बंगलादेशमा सम्पन्न SAFA Quiz & Public Speaking Contest 2025 मा उत्कृष्ट प्रदर्शन गर्दै नेपालका लागि ऐतिहासिक सफलता हासिल गरेका छन्।
प्रतियोगिताको SAFA Quiz Contest अन्तर्गत दिवश अधिकारी र सम्पन्न सिलवाल संयुक्त विजेता भएका छन्। उनीहरूले बंगलादेशको इन्स्टिच्युट अफ चार्टर्ड एकाउन्टेन्ट्स अफ बंगलादेश (ICAB) का प्रतिनिधिसँग पहिलो स्थान साझा गरेका हुन्।
त्यसैगरी, सार्वजनिक वक्तृत्वकला प्रतियोगितामा रिसान थापा च्याम्पियन बन्न सफल भएका छन् भने काश्यप राज श्रेष्ठ प्रथम उपविजेता भएका छन्।
आइक्यानले विजेता सबै विद्यार्थीलाई हार्दिक बधाई तथा सफल भविष्यको शुभकामना व्यक्त गर्दै उनीहरूको उपलब्धिले सम्पूर्ण संस्था र देशलाई गौरवान्वित बनाएको जनाएको छ।



प्रतिक्रिया दिनुहोस्