काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) को उपाध्यक्ष पदमा हेम काफ्ले निर्वाचित भएका छन्। असार ३२ गते भएको चुनाव मार्फत उनी उपाध्यक्ष पदमा निर्वाचित भएका हुन्।
उनी चार्टर्ड एकाउन्टेन्सी पेशामा लामो अनुभव भएका सिएका रूपमा परिचित छन्।
उपाध्यक्ष पदमा अमन उप्रेती र हेम काफ्लेबीच कडा प्रतिस्पर्धा भएको थियो।
यता आनन्द राज शर्मा वाग्ले र ठाकुर प्रसाद अधिकारीबीच अध्यक्ष पदमा कडा प्रतिस्पर्धा भएको थियो।



प्रतिक्रिया दिनुहोस्