Skip to content

नेपाल सरकारद्वारा मनोनित आइक्यान परिषद् सदस्यहरूले लिए पद तथा गोपनीयताको शपथ ग्रहण

काठमाडौँ। नेपाल सरकारद्वारा मनोनित आइक्यान परिषद् सदस्यहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। नेपाल सरकारद्वारा मनोनित बालकृष्ण थापा,  टंकप्रसाद पाण्डे तथा दीपक लामिछानेले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) का परिषद् सदस्यको रूपमा आज पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन् ।

शपथ ग्रहणसँगै उनीहरूको परिषद् सदस्यको औपचारिक कार्यकाल प्रारम्भ भएको छ।

नवमनोनित परिषद् सदस्यहरूले संस्थाको सुशासन, व्यावसायिक विकास तथा लेखा व्यवसायको प्रवर्द्धनमा महत्त्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गरिएको छ।

यस अवसरमा नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले नवनियुक्त परिषद् सदस्यहरूलाई सफल, प्रभावकारी तथा उपलब्धिमूलक कार्यकालका लागि हार्दिक शुभकामना व्यक्त गरेको छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।