Skip to content

सिएले बदमासी गर्दा आइक्यानले कारवाही नगरेको सरकारको निष्कर्ष, ’काँग्रेस एमालेले सेटिङ्ग गरे, अव केहि नयाँ सोच्छौँ’

काठमाडौँ । सिएहरुले बदमासी गर्दा आइक्यानले कारवाही नगरेको निष्कर्षसहित सरकार के गर्ने भन्ने विषयमा आन्तरिक छलफलमा जुटेको छ । काँग्रेस एमालेको भागबण्डाका कारण कारवाही गर्नुपर्ने व्यक्तिहरुलाईसमेत कारवाही नगरिएको विषयबारे ब्रिफिङपछि अर्थ मन्त्रालयका अधिकारीहरु आइक्यानलाई कसरी सुधार गर्ने भन्ने विषयमा छलफलमा जुटेका हुन् ।

आइक्यानमा एमाले काँग्रेससँग सम्बन्ध नभएकाहरुलाई नेतृत्व दिने वा कारवाहीको अधिकार नै थुतेर अर्को निकाय बनाउने भन्ने विषयमा सरकार आन्तरिक छलफलमा जुटेको हो ।

‘काँग्रेस एमालेले सेटिङ्ग गरेर आफ्ना मान्छेलाई कारवाही नगरेको पाइएपछि यस विषयमा छलफल अघि बढेको छ ।’ अर्थ मन्त्रालयका एक अधिकारीले भने, ’आइक्यानमा व्यापक सुधारको खाँचो छ । अव फरक शिराबाट काम गर्नुपर्नेछ ।’

ती अधिकारीका अनुसार अहिले आइक्यानको काउन्सिल सदस्य रहेकाहरुको एक एक रिपोर्टिङ्ग सरकारमा पुगेको छ । को को कारवाहीमा पर्नुपर्ने थियो ? को कोलाई कसकसले किन जोगाए, कसको स्वार्थ के थियो ? लगायतका विषयमा ब्रिफिङ भईसकेको र यस विषयमा गम्भीर भएर काम अघि बढेको ती अधिकारीको दाबी छ । ’काँग्रेस एमालेले सेटिङ्ग गरे, अव केही नयाँ सोच्नुपर्छ भन्ने कुरा छ, हेरौँ के के हुन्छ ।’

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।