काठमाडौँ । निर्वाचन अधिकृत तोकी पाउँ भन्ने आग्रह गर्न महालेखा परीक्षकको कार्यालय पुगेको आइक्यानको टोलीलाई महालेखाले ‘चुनाव हुँदैन, अध्यादेशको मर्म नै अध्यक्ष ३ वर्षीय हो’ भन्ने आशय दिएर फर्काईदिएको छ । आज महालेखाको कार्यालय पुगेको आइक्यानको टोलीलाई महालेखाले चुनावका लागि अधिकृत तोक्दैनौँ भन्ने आशयका साथ फर्काईदिएको बैठकमा सहभागी एक सिएले बताए ।
‘आइक्यानको टोली नै महालेखा पुगेको थियो । अहिले चुनाव हुँदैन भन्ने आशय आयो ।’, बैठकमा सहभागी एक सिएले भने, ‘अव के गर्ने भन्ने विषयमा दोधारमा परेका छौँ ।’
यद्यपि आइक्यान चुनाव गर्ने नै पक्षमा रहेको र यसका लागि कानुनी परामर्श जारी रहेको ती सिएको भनाई छ । ‘महालेखा चुनाव नगराउने पक्षमा देखियो । तर, हामी चुनाव गराउने पक्षमा छौँ । फेरी महालेखालाई क्रस गरेर अगाडी गए महालेखाले नयाँ अध्यक्षलाई सपथ नखुवाउने भयो भने के गर्ने भन्ने विषयमा आन्तरिक छलफल जारी छ ।’, ती सिएले भने ।
आइक्यानको चुनाव साउन ३२ गते गर्ने तयारी छ । तर महालेखाले अध्यादेशको मर्म नै अध्यक्षको कार्यकाल नै हुँदैन भन्ने भएको बताएपछि अहिले आइक्यानमा कन्फ्युजन’ छ ।



प्रतिक्रिया दिनुहोस्