काठमाडौँ। सिएको कोचिङ्ग कक्षा संचालन गर्ने विभिन्न कोचिङ्ग सेन्टरहरुमा सिएको भर्ना सुरु भएको छ । प्लस टुको परीक्षा सकिएसँगै विभिन्न कोचिङ्ग सेन्टरहरुमा विद्यार्थी भर्ना सुरु भएको हो ।
यता नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) मा पनि विद्यार्थी रजिष्ट्रेसन सुरु भएको छ । प्लस टुपछि सिए पढ्न चाहाने विद्यार्थीहरु विभिन्न कोचिङ्ग सेन्टरमा बुझ्न जान थालेका छन् । विशेषगरी काठमाडौँको प्राइम सिए, गुरुकुल सिए, इलाइट सिए र एओसी सिएमा विद्यार्थीको बुझ्न जाने संख्या बढी देखिएको हो ।
यी कोचिङ्ग सेन्टरहरुले विद्यार्थीलाई विभिन्न किसिममा छात्रवृतिहरु पनि उपलब्ध गराउने घोषणा गरेका छन् ।
त्यस्तै, पछिल्लो समय भारतीय बोर्डको सिए अध्ययन गर्न चाहाने भन्दा नेपाली बोर्डको सिए अध्ययन गर्न चाहानेहरुको संख्या उल्लेखनीय रुपमा बढेको पाइएको छ । पछिल्ला केहि वर्षहरुमा देखिएको यस्तो आंकडाले यो वर्ष पनि निरन्तरता पाउने देखिएको हो ।



प्रतिक्रिया दिनुहोस्