काठमाडौँ । के तपाईं सिए अध्ययन गर्न चाहानुहुन्छ ? त्यो पनि १०० प्रतिशत छात्रवृतिमा ? यदी चाहानुहुन्छ भने तपाईंका लागि खुसीको खबर छ ।
सिए सरोकार डटकम र इलाइट सिएले संयुक्त रुपमा सिए सरोकार-इलाइट स्कलरशिप कार्यक्रम सार्वजनिक गरेका छन् । यो कार्यक्रम अन्तर्गत आइक्यान अन्तर्गत ५ जना र आईसीए आई अन्तर्गत ३ जनाले १०० प्रतिशत स्कलरशिपमा सिएको अध्ययन गर्न पाउनेछन् ।
यसका लागि सिए सरोकार डटकममा लग इन गरी मेनुमा स्कलरशिपमा गई फर्म भर्नुपर्नेछ । त्यसपछि छात्रवृति छनोट समितिले विद्यार्थीहरुको छनोट गरी छात्रवृति घोषणा गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस्