काठमाडौँ । प्लस टु पछि सिए अध्ययन गर्न चाहानेहरुका लागि सिए सरोकार डटकमले स्टुडेन्ट्स हेल्पलाइन सुरु गरेको छ । मे ३१ सम्म संचालन हुने सो हेल्प डेस्कमा प्लस टु सकेका विद्यार्थीहरुले सम्पर्क गर्न सक्नेछन् ।
मे ११ देखि मे ३१ सम्म विद्यार्थीहरुले सिएको पढाई सम्बन्धि कुनै पनि जानकारीका लागि सिए सरोकारको पेजमा सम्पर्क तथा कल गर्न सक्नेछन् । नेपालमै पहिलोपटक यस्तो हेल्पलाइनको सुरुवात गरिएको हो ।
सिए सरोकार डटकम नेपाली सिए क्षेत्रमा समाचार प्रकाशन तथा प्रशारण गर्ने पहिलो र एक मात्र सञ्चार संस्था हो ।



प्रतिक्रिया दिनुहोस्