Skip to content

स्वतन्त्र सिए फर्मले नदेखेको सिटिजन्स बैंकको घोटाला इन्टरनल अडिटरले भेट्टायो, ५ जना निलम्बित, प्रहरी अनुसन्धानमा !

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंकमा आइक्यानका पूर्व अध्यक्ष प्रकाश लम्साल अडिटर र तिनकै साढुदाई सिए हुँदा करोडौं घोटालाको फाइलबारे थाहा पाएर पनि अडिटरले आँखा चिम्लिएको विषयबारे चर्चा भईरहंदा सिटिजन्स बैंकमा त्यस्तै प्रकरण बाहिर आएको छ ।

सिए फर्मले लाखौँ रुपैयाँ लिएर गरेको अडिटमा ‘सबै ठिक छ’ भनिएकोमा सोहि अडिट टिमले नभई बैंकको इन्टरनल अडिट टिमले गरेको अडिटका क्रममा साढे ४ करोडको घोटाला भएको तथ्य खुलेपछि ५ जना निलम्बनमा परेको, र केस प्रहरीकहाँ पुगेको पाइएको छ ।

घोटाला बैंकको मोरङस्थित विराटनगर कञ्चनबारी शाखामा भएको हो । जिल्ला प्रहरी कार्यालय, मोरङका प्रमुख कविद कटुवालले दिएको जानकारी अनुसार सो प्रकरणमा थप अनुसन्धान भईरहेको छ ।

बैंकले सो प्रकरणमा प्रारम्भिक दोषी देखेका रोजी कंडेलसहित ५ जनालाई निलम्बन गरेको छ । उनीहरुले नक्कली कर्जा फाइल खडा गरी रकम निकाल्ने गरेको पाइएको छ । यसअघि गएको इन्टरनल अडिट टिमलाई नै सो घटनाबारे जानकारी दिए पनि सिए फर्मबाट गएको आर्टिकल ट्रेनीको टोलीले सब ठिक छ भन्ने रिपोर्टीङ गरेका थिए । अडिट टिमले पनि नहेरेको भन्दै बैंकको केन्द्रीय कार्यालयमा समेत यस विषयमा जानकारी गराइएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकमा पनि यस्तै थुप्रै घोटालाको केसमा अडिटरले आँखा चिम्लिएको चर्चा छ ।

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।