काठमाडौं। नेपाली स्वादसहित बानेश्वरमा तुफानी पीजा रेष्टुरेन्ट सञ्चालनमा आएको छ। लामो समयदेखि रेष्टुरेन्ट क्षेत्र तथा व्यवासयिक क्षेत्रमा कार्यरत युवाहरुले माघ २८ गते बुधबारदेखि बानेश्वरको के एण्ड के एण्ड इन्टरनेशनल कलेजसँगै तुफानी पीजा सञ्चालनमा ल्याएका हुन् ।
तुफानी पीजामा नेपाली स्वादको पीजासहित वर्गर, तुफानी फ्राइड चिकेन (TFC), तुफानी र्याप, एक्प्रेशो बेसका अर्गानिक कफी र विभिन्न फ्रेस जुसहरु पाइने सञ्चालक माधवकुमार नेपालले जानकारी दिए । तुफानी पीजाले आगामी दिनमा चेन मोडलमा काठमाडौं उपत्यका र मोफसलमा समेत शाखाहरु बिस्तार गर्ने योजना बनाएको छ।
बानेश्वर रेष्टुरेन्टमा सेन्टल किचन रहने र अन्य ठाउँमा पनि तुफानी स्वादका परिकारहरु पाइने उनले बताए । एभरेष्ट होटलको पार्किङ साइडको छक्कुबक्कु मार्गमा रहेको रेष्टुरेन्ट करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको हो।
‘हाम्रो टिममा नेपाली स्वादको फुड स्पेशलिष्ट, सर्भिस सेक्टरमा लामो समय काम गरेको र फाइनान्स क्षेत्रमा काम गरेका अनुभवी साथी छौं,’ नेपालले भने । चार्टर्ड एकाउण्टेन्ट समेत रहेका पर्वतका टिका कार्की, नुवाकोटका माधव नेपाल र काभ्रे मनमोहन रिमालले संयुक्त लगानीमा रेष्टुरेन्ट खोलिएको हो।
चार्टर्ड एकाउण्टेन्ट समेत रहेका कार्कीले यो रेष्टुरेन्टमा प्रिमियर आइटहरु सस्तो मुल्यमा पाइने जानकारी दिए । उनीहरुकै टिमले काठमाडौँका विभिन्न १३ स्थानमा स्याङ्को कट्टिरोल फ्रेन्चाइज आउटलेटहरू समेत सञ्चालन गर्दै आएका छन्।

प्रतिक्रिया दिनुहोस्