काठमाडौँ । नेपाल अडिटर्स एसोसिएसन (अडान)का पूर्व अध्यक्ष एवं आइक्यानका पूर्व पार्षद मोहनराज रेग्मीले आशन्न प्रतिनिधि सभाको निर्वाचनका लागि आफ्नो उम्मेद्वारी दर्ता गराएका छन् । काठमाडौँ क्षेत्र नं १ मा नेकपा एमालेको तर्फबाट रेग्मीले उम्मेदवारी दर्ता गराएका हुन् ।
आइक्यानमा ‘किङ्ग मेकर’का रुपमा चिनिएका रेग्मी लामो समययता नै राजनीतिमा सक्रिय थिए । यता आइक्यानका अध्यक्ष निल बहादुर सारु मगरलाई भने अन्तिम समयमा आएर पार्टीले टिकट नै दिएन ।
अब सारु आइक्यानको पूरा कार्यकाल नै बिताउनेगरी आइक्यानमा काम गर्ने योजनामा छन् ।

प्रतिक्रिया दिनुहोस्