Skip to content

पुष मसान्त नजिकिंदै गर्दा बजारमा ‘क्वाक अडिटर’को बिगबिगी ! खुलेआम गर्छन् ‘अडिट सेवा’को मार्केटिङ, तर छैन लाइसेन्स !

काठमाडौँ । पुष मसान्त नजीकिंदै गर्दा बजारमा ‘क्वाक अडिटर’को बिगबिगी बढेको छ । लाइसेन्स नै नभएका यस्ता व्यक्तिहरु अडिट गराउँछौँ भन्दै प्रचारप्रसार गर्ने, आफु काम लिने र अरुलाई सहि गर्न लगाएर सो वापत रकम लिने गरिरहेका छन् ।

आइक्यानको प्रचलित व्यवस्थाले यस्तो कामलाई गैरकानुनी भन्छ । आइक्यानको लाइसेन्स नै नपाएका अडिट गर्न नै पाउँदैनन् । तर, सोझा क्लाइण्टहरुलाई यस विषयमा थाहा नै हुँदैन । यहि सोझोपनको फाइदा उठाउँदै लाइसेन्स नै नभएकाहरुले यो सेवा अरुको नाममा दिईरहेका छन् ।

अर्कोतर्फ अडिट सेवाको विज्ञापन गर्न पाइन्न । यस्तो गर्नेलाई सीआईबीको सहयोगमा आइक्यानले कारवाही गर्नेगरी आइक्यान र सीआईबी बीच केहि समय अगाडी सम्झौतासमेत भईसकेको छ ।

आइक्यानका अध्यक्ष निल बहादुर सारु मगर यस्तो काम गर्नेलाई कानुनी दायरामा ल्याउने बताउँछन् । ‘एक त अडिट सेवाको विज्ञापन गर्न पाइन्न । अर्कोतर्फ, लाइसेन्स नै नभएकाहरुले अडिट गर्न नै मिलेन ।’ सारुमगरले भने ।

एउटा पछिल्लो उदाहरण

कटहरियामा बस्ने सन्तोष सोनी त्यस्तै आइक्यानको लाइसेन्स नभएका व्यक्ति हुन् । उनका अनुसार उनले भारतीय बोर्डमा सिए पास केहि समय अगाडी गरेका छन् । तर उनी, खुलेआम अडिटको मार्केटिङ गर्छन् । यतिसम्मकि स्थानीय संचारमाध्यममा उनी सोको विज्ञापनसमेत हाल्छन् ।

सोनीले आफु आइक्यानको सदस्य नभएको पुष्टी गरे । ‘म आईसीएआईबाट डेढ बर्ष अघि पास भएको हो । आइक्यानको सदस्यता छैन ।’ उनले भने ।

‘अनि तपाईंले त अडिट गराउछौँ भनेर विज्ञापन नै हाल्नुभएको रहेछ, यस्तो गर्न पाईदैन भन्ने थाहा छैन ?’ हाम्रो प्रश्नमा उनले भने, ‘थाहा छ, हटाउन लगाईहालेँ ।’

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।