Skip to content

आइक्यान अध्यक्ष सारुमगर उम्मेदवारमा सिफारिस, टिकट पाए आइक्यान छाडेर चुनावमा लाग्ने !

काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) का अध्यक्ष निल बहादुर सारु मगरलाई नेकपा एमाले प्रतिनिधिसभा निर्वाचन क्षेत्रीय समन्यव मितिले पाल्पा क्षेत्र नं १ बाट नाम प्रस्ताव गरेको छ । क्षेत्र १ को बैठकले निल बहादुर सारु मगरसहित, राधाकृष्ण कडेल, नारायणप्रसाद आचार्य, बिमल काफ्ले, शिव अर्याल र दुर्गा देवी रानाको नाम सिफारिस गरेको हो ।

अव एमालेले टिकट दिए उनी चुनाव लड्न पाल्पा जानेछन् । उनी अहिलेका उपाध्यक्ष आनन्द राज शर्मा वाग्लेलाई कार्यवहाक दिएर चुनाव लड्न जाँदैछन् । ६ महिनाभन्दा कम कार्यकाल बाँकी हुने भएकाले अध्यक्षको सो पदमा निर्वाचन नहुने भएको हो ।

यद्यपी चुनाव सरे, वा टिकट नपाए सारु मगर आइक्यानमै रहने तयारीमा छन् ।

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।