काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान) को अध्यक्ष सिए नीलबहादुर सारु मगरको नेतृत्वमा उपाध्यक्ष सिए आनन्द शर्मा वाग्ले, तत्कालीन पूर्व अध्यक्ष सिए प्रवीण कुमार झा, परिषद् सदस्य थान प्रसाद पंग्यानी र कार्यकारी निर्देशक सिए बिमल डंगोल सहितको प्रतिनिधिमण्डलले माननीय अर्थमन्त्री रामेश्वर खनालसँग भेट गरेको छ।
बैठकमा ग्लोबल अकाउन्टिङ इनिसिएटिभ अफ नेपाल (GAIN) परियोजना, नेपाल चार्टर्ड एकाउन्टेन्ट्स ऐन, २०५३ मा संशोधन, सिए योग्यताको समकक्षता, सरकारी सेवाहरूमा सिएलाई समायोजन गर्ने र सार्वजनिक वित्तीय व्यवस्थापन र अन्य क्षेत्रहरूमा सहकार्यका अवसरहरू लगायत प्रमुख विषयमा छलफल भएको थियो।


प्रतिक्रिया दिनुहोस्