Skip to content

एक्यान, अडान र एनसिएएसएसँगको सहकार्यमा आइक्यानले सम्पन्न गर्यो ‘कार्यस्थलको मर्यादा र आचरण’ सम्बन्धी कार्यक्रम (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थान (आइक्यान) ले नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान), नेपाल लेखापरीक्षक संघ (अडान) र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स विद्यार्थी संघ (एनसिएएस ए) सँगको सहकार्यमा ‘कार्यस्थलको मर्यादा र आचरण’ सम्बन्धी जागरूकता कार्यक्रम सम्पन्न गरेको छ। पुस ४, २०८२ (डिसेम्बर १९, २०२५) मा कार्यस्थलको मर्यादा र आचरण सम्बन्धी एक जागरूकता कार्यक्रम आयोजना गरी सम्पन्न भएको हो।

कार्यक्रममा व्यावसायिक समुदायभित्र उत्पीडनसम्बन्धी मुद्दाहरूबारे बुझाइ बढाउनुका साथै कार्यस्थलमा सम्मान, सुरक्षा र जवाफदेहिताको संस्कृति प्रवर्द्धन गर्नु मुख्य उद्देश्य थियो।

भेटघाटमा स्वतन्त्र सुरक्षा तथा जनविज्ञ सुश्री युडेन कोइराला, महिला, कानून र विकास मञ्चका कार्यकारी निर्देशक अधिवक्ता सबिन श्रेष्ठ तथा अपराध शाखा-नेपाल प्रहरीकी उप-निरीक्षक सीता बमले सम्बन्धित विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए। कार्यपत्र प्रस्तुति पश्चात् प्यानल छलफल पनि गरिएको थियो। जसमा आइक्यानका उपाध्यक्ष सिए आनन्द राज शर्मा वाग्ले, एक्यानका अध्यक्ष सिए अनुप नेपाल, एक्यानका सिइ आरए बद्री प्रसाद भट्टराई, अडानका अध्यक्ष तथा कार्यपत्र प्रस्तुतकर्ताहरू सहभागी थिए। सत्रको संचालन सीए वैशाली ठाकुर (आइक्यान महिला नेतृत्व समिति सदस्य) ले गरेका थिए ।

सिए निलबहादुर सारु मगर (आइक्यान अध्यक्ष), काउन्सिल सदस्यहरू उमेशराज पाण्डेय, सिए अमन उप्रेती, सिए हेमकुमार काफ्ले तथा महिला नेतृत्व समितिका अध्यक्ष आरए मीरा श्रेष्ठको समेत उपस्थिति थियो।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।