काठमाडौँ। कामना सेवा विकास बैंक राष्ट्रिय उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड (बिपिए अवार्ड) २०२४ बाट सम्मानित भएको छ । बैंकलाई नेपाल चाटर्ड एकाउन्टेन्ट संस्था (आईक्यान)ले वित्तीय सेवा क्षेत्र तर्फको विधामा गोल्ड अवार्ड प्रदान गरेको हो ।
आर्थिक वर्ष २०२३-२४ को वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि उक्त अवार्ड प्रदान गरिएको आईक्यानले जनाएको छ ।
काठमाडौँको होटल र्याडिसनमा आयोजित कार्यक्रममा महालेखापरीक्षक तोयम रायाले कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीलाई सो अवार्ड हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्