काठमाडौँ। नबिल बैंक उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ बाट सम्मानित भएको छ । बैंक नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) बाट वार्षिक रुपमा प्रदान गरिने उत्कृष्ट वार्षिक प्रतिवेदन अवार्ड २०२४ सम्मानित भएको हो ।
आइक्यानले आर्थिक वर्ष २०२३-२४ मा प्रकाशित वार्षिक प्रतिवेदनका आधारमा संस्थाको वित्तीय पारदर्शिता, जवाफदेहिता र सुशासनका लागि बैंकिङ क्षेत्रमा अब्बल ठहर गर्दै उक्त अवार्ड प्रदान गरेको हो ।
आर्थिक वर्ष २०२२-२३ मा पनि नबिल बैंकले गोल्ड अवार्ड हात पारेको थियो। शुक्रबार काठमाडौंमा आयोजित एक कार्यक्रममा माननीय महालेखापरिक्षक तोयम रायले नबिल बैंकका वित्त प्रमुख सन्दिप बाबु पौडेललाई अवार्ड हस्तान्तरण गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्