काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस विद्यार्थी संगठन (एनकासा)को चुनाव यहि साउन १७ गते हुने भएको छ । संगठनका वर्तमान अध्यक्ष महेन्द्र खड्काका अनुसार आइक्यान परिसरमा चुनाव हुने भएको हो ।
निर्वाचनका लागि निर्वाचन अधिकृतमा प्रज्ञा अर्याल तोकिएको छ । एनकासाको चुनावमा क्याप टुका विद्यार्थीले क्याप टुकै उम्मेदवार र क्याप थ्रीका विद्यार्थीले क्याप थ्रीकै उम्मेदवारलाई भोट हाल्न पाउनेछन् ।
एनकासाले विभिन्न माग आइक्यानमा राखिरहेका बेला अवको नेतृत्वलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
प्रतिक्रिया दिनुहोस्