काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान)को चुनाव आउँदो दशैँ अघि नै हुने भएको छ । अघिल्ला कार्यकालहरुमा तिहार पछि वा अझ पछि पनि हुने गरेको संघको चुनाव यसपाली भने समयमै हुने भएको हो ।
आफ्नो कार्यकालभर निकै राम्रो काम गरेर वाहवाही कमाएको संघको वर्तमान कार्यसमितिले चुनाव पनि समयमै गरेर नयाँ सन्देश दिन खोजेको छ ।
यसपटक संघको चुनावमा दुई जनाले भिड्ने योजना बनाईसकेका छन् । हालका उपाध्यक्ष अनुप नेपाल र संघको चुनावमा अघिल्लो पटकका ‘किङ्ग मेकर’मध्येका एक टिका कार्की अध्यक्ष पदका लागि भिड्दैछन् । उपाध्यक्ष नेपालले आफु यसपटक संघको अध्यक्षका लागि लड्ने सिए सरोकारलाई जानकारी दिए । कार्कीले पनि अवको अध्यक्ष पदमा आफ्नो दाबी रहेको सिए सरोकारलाई बताए । बाहिर मिलेर जाने सन्देश दिन खोजे पनि दुवै पक्षले आआफ्नो प्यानल बनाउने आन्तरिक तयारी गरिसकेका छन् । नेपाल र कार्की अलावा बाँकी २ ले पनि चुनावको तयारी गरिरहेका छन् । बाहिर प्रष्ट नखुले पनि २ जना सिएले आन्तरिक रुपमा अवको अध्यक्षमा आफ्नो दाबेदारी रहने भन्दै भेटघाटलाई तिब्र बनाएका छन् ।
संघ वैधताको बाटोमा
यसअघि अवैध रुपमा चलिरहेको संघलाई यसपालीको कार्यसमितिले बैध बनाउने गरी प्रशासनिक कामसमेत सकेको छ । कोहि अदालत नजाँदा जोगिएको पदमा बसेर भए पनि वर्तमान कार्यसमितिले उत्कृष्ट काम गरेपछि यतिबेला कार्यसमितिले चौतर्फी वाहवाही पाईरहेको छ । यद्यपी कोहि यसपटकको कार्य समितिको वैधतामाथि प्रश्न उठाउँदै अदालत गयो भने, फेरी पनि संघको बैधतामाथि प्रश्न उठ्ने पक्कापक्की छ । यद्यपी अव कसैले पनि त्यसो नगर्लान् भन्ने अनुमान गर्न सक्ने ठाउँ भने बढी छ ।
प्रतिक्रिया दिनुहोस्