काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आईक्यान)का कार्यकारी निर्देशक सुरेन्द्र भुषण श्रेष्ठले आइक्यानको कार्यकारी निर्देशकको पद छोडेका छन् । श्रेष्ठले आइक्यानको जागिर सुरु गरेको केही महिनामै जागिर छोडेका हुन् ।
यसैबीच आइक्यान अन्तरगतको कर्मचारी युनियन आईक्यान-ईयूले श्रेष्ठलाई बिदाई गरेको छ । श्रेष्ठलाई बिदा गर्दै आइक्यान इयुका अधिकारीहरुले श्रेष्ठको नेतृत्वमा आफूहरूले पाएको मार्गदर्शन र प्रेरणाको सम्झना गर्दै भविष्यमा पनि उहाँको जीवन सफल, सुखद र उद्देश्यपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गरेका छन् ।
आइक्यानले केही समयभित्रै नयाँ कार्यकारी निर्देशक पाउने भएको छ ।
प्रतिक्रिया दिनुहोस्