Skip to content

एक्यानले सम्पन्न गर्यो ‘आर्थिक विधेयक २०८२ को प्रभावमा प्यानल छलफल’ कार्यक्रम (तस्विरहरू)

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) ले ‘आर्थिक विधेयक २०८२ को प्रभावमा प्यानल छलफल’ कार्यक्रम सम्पन्न गरेको छ। एक्यानको आयोजनामा ‘विभिन्न क्षेत्रहरूमा आर्थिक विधेयक २०८२ को प्रभाव’ विषयक एक विज्ञ प्यानल छलफल कार्यक्रम सम्पन्न भएको हो।

उक्त कार्यक्रम जेठ २५ गते ललितपुरको कुपण्डोलस्थित होटल हिमालयनमा आयोजना भएको थियो।

प्यानल छलफलमा आइक्यानका पूर्व अध्यक्ष सुदर्शन राज पाण्डे, आइक्यानका परिषद सदस्य उमेश राज पाण्डे, अधिवक्ता पायनियर लअ अनुप उप्रेती, लेखा व्यवसायी इशा श्रेष्ठहरूले आआफ्नो धारणा राखेका थिए।

कार्यक्रमको सञ्चालन एक्यानका अध्यक्ष अरुण राउतले गरेका थिए। कार्यक्रममा वक्ताहरूले हालै संसदमा प्रस्तुत भएको वित्त विधेयकले कर संरचना, लेखा परीक्षण अभ्यास, व्यवसायिक वातावरण तथा कानुनी जटिलताहरूमा पार्ने प्रभावबारे विस्तृत विश्लेषण गरेका थिए। बाँकि फोटोफिचरमा हेर्नुहोस्: 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।