काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले निवर्तमान अध्यक्ष सिए निलबहादुर सारु मगरको कार्यकालमा व्यावसायिक अभ्यास, डिजिटल रूपान्तरण, लेखा सेवा निर्यात र संस्थागत सुशासनमा विभिन्न सुधारात्मक कार्यक्रम अघि बढाएको छ। आइक्यानले ‘लार्ज प्राक्टिस डेभलपमेन्ट प्रोजेक्ट’ सुरु गर्दै लेखा फर्म मर्जर निर्देशिका पनि जारी गरेको छ।
साथै, सारु मगरको कार्यकालमा नेपाली लेखा फर्मलाई विदेशमा शाखा विस्तार गर्न सक्ने कानुनी आधार पनि तयार गरिएको जनाएको छ।
आइक्यानले नेपाललाई अन्तर्राष्ट्रिय अकाउन्टिङ आउटसोर्सिङ गन्तव्य बनाउने अभियानअन्तर्गत पोर्टल सञ्चालन, सम्मेलन आयोजना तथा विदेशमा प्रवर्द्धनात्मक कार्यक्रम गरेको छ।
सिए शिक्षाप्रति आकर्षण बढाउन सञ्चालन गरिएको करियर अभिमुखीकरण कार्यक्रमपछि नयाँ विद्यार्थी संख्या १,७०७ बाट २,३८८ पुगेको संस्थाको दाबी छ। आर्थिक रूपमा कमजोर विद्यार्थीलाई करिब ४२ लाख रुपैयाँ छात्रवृत्ति प्रदान गरिएको तथा पहिलो पटक क्याम्पस प्लेसमेन्ट, प्लेसमेन्ट पोर्टल र मेन्टरसिप पोर्टल सञ्चालनमा ल्याएको छ।
आइक्यानको ‘पहिलो क्याम्पस प्लेसमेन्ट’ कार्यक्रम सम्पन्न (तस्विरहरु)



प्रतिक्रिया दिनुहोस्