Skip to content

आइक्यानले सार्वजनिक गर्‍यो चार्टर्ड एकाउन्टेन्सी परीक्षाको तालिका

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सन् २०२६ डिसेम्बरमा सञ्चालन हुने चार्टर्ड एकाउन्टेन्सी (सीए) परीक्षाको परीक्षा तालिका सार्वजनिक गरेको छ।

संस्थाले सीए क्याप २, क्याप ३, एप्लिकेसन लेभल तथा एसीसीए उत्तीर्ण परीक्षार्थीका लागि सीए सदस्यता परीक्षाको तालिका सार्वजनिक गरेको हो।

परीक्षा काठमाडौं उपत्यकासहित विराटनगर, पोखरा, वीरगञ्ज, बुटवल, चितवन, नेपालगञ्ज र धनगढीमा सञ्चालन हुनेछ।

आइक्यानका अनुसार चार्टर्ड एकाउन्टेन्सी परीक्षाको प्रवेशपत्र नोभेम्बर २४ देखि संस्थाको वेबसाइटमार्फत अनलाइन प्राप्त गर्न सकिनेछ। यस्तै, एसीसीए उत्तीर्ण परीक्षार्थीका लागि सीए सदस्यता परीक्षाको प्रवेशपत्र भने सोही मितिदेखि आइक्यानका कार्यालयबाट मात्र वितरण गरिनेछ। सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।