Skip to content

सिए टिकाराम कार्कीसहितको टिमद्वारा नयाँ बानेश्वरमा तुफानी पिज्जा सञ्चालन

काठमाडौं। नेपाली स्वादसहित बानेश्वरमा तुफानी पीजा रेष्टुरेन्ट सञ्चालनमा आउने भएको छ। लामो समयदेखि रेष्टुरेन्ट क्षेत्र तथा व्यवासयिक क्षेत्रमा कार्यरत युवाहरुले माघ २८ गते बुधबारदेखि बानेश्वरको के एण्ड के एण्ड इन्टरनेशनल कलेजसँगै तुफानी पीजा सञ्चालनमा आउने भएको हो।

तुफानी पीजामा नेपाली स्वादको पीजासहित वर्गर, तुफानी फ्राइड चिकेन (TFC), तुफानी र्याप, एक्प्रेशो बेसका अर्गानिक कफी र विभिन्न फ्रेस जुसहरु पाइने सञ्चालक माधवकुमार नेपालले जानकारी दिए । तुफानी पीजाले आगामी दिनमा चेन मोडलमा काठमाडौं उपत्यका र मोफसलमा समेत शाखाहरु बिस्तार गर्ने योजना बनाएको छ। बानेश्वर रेष्टुरेन्टमा सेन्टल किचन रहने र अन्य ठाउँमा पनि तुफानी स्वादका परिकारहरु पाइने उहाँले बताउनुभयो। एभरेष्ट होटलको पार्किङ साइडको छक्कुबक्कु मार्गमा रहेको रेष्टुरेन्ट करिब ५० लाख लगानीमा सञ्चालनमा ल्याइएको हो।

‘हाम्रो टिममा नेपाली स्वादको फुड स्पेशलिष्ट, सर्भिस सेक्टरमा लामो समय काम गरेको र फाइनान्स क्षेत्रमा काम गरेका अनुभवी साथी छौं,’ नेपालले भने । चार्टर्ड एकाउण्टेन्ट समेत रहेका पर्वतका टिका कार्की, नुवाकोटका माधव नेपाल र काभ्रे मनमोहन रिमालले संयुक्त लगानीमा रेष्टुरेन्ट खोलिएको हो। विभिन्न क्षेत्रमा लगानी गर्नुभएका कार्कीले रेष्टुरेन्टमार्फत पनि सेवा गर्ने योजना बनाउनुभएको हो। ‘हाम्रो धेरै क्षेत्रमा लगानी छ। देशमै लगानीको सम्भावना छ भन्ने भएर पनि रेष्टुरेन्टमा सोच गरेको हो।‘ उनले भने, ‘बानेश्वर क्षेत्रमा यो किसिमको स्वादको पीजा नपाइने भएकाले पनि यही क्षेत्र रोजेका हौं,’ कार्कीले भने ।

चार्टर्ड एकाउण्टेन्ट समेत रहेका कार्कीले यो रेष्टुरेन्टमा प्रिमियर आइटहरु सस्तो मुल्यमा पाइने जानकारी दिए । ‘वानेश्वरमा धेरै कर्पोरेट अफिस, कन्सल्टेन्सी र कलेजहरु छन्,’ उनले भने, ‘हामीले विद्यार्थी र अफिसहरुमा काम गर्ने कर्माचारीलाई केन्द्रित गरेर रेष्टुरेन्ट खोलेका हौं। ‘तुफानी पीजाका परिकारहरु अनलाइनमार्फत फुडमाण्डु, पठाओ र आफ्नै वेवसाइ, सोसल मिडियाबाट पनि अर्डर गर्न सकिने कार्कीले जानकारी दिए । त्यसो त लगानीकर्ता रहनुभएका नेपाल लामो समयदेखि रेष्टुरेन्टमा काम गर्नुभएको छ। उनले २०६९ मा संगम खाजाघरबाट काम थालेका उनी होटल भ्यु पोइन्ट, रेड डाइमन्ड र बर्गर हाउस, स्याङ्को कट्टिरोल समेत चलाएको अनुभव छ।

उनीहरुकै टिमले काठमाडौँका विभिन्न १३ स्थानमा स्याङ्को कट्टिरोल फ्रेन्चाइज आउटलेटहरू समेत सञ्चालन गर्दै आएका छन्।

 

 

 

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।