काठमाडौँ । नेपाल व्यवस्थापन संघको द्वीतीय उपाध्यक्षमा आइक्यानका पूर्व अध्यक्षसमेत रहेका कृष्णप्रसाद आचार्य चयन भएका छन् । हेमा अधिकारी सर्वसम्मत अध्यक्ष निर्वाचित भएकी संघको नव निर्वाचित कार्यसमितिको प्रथम उपाध्यक्षमा जितेन्द्र धिताल छन् ।
द्वितीय उपाध्यक्षमा कृष्णप्रसाद आचार्य चयन भएका छन् । उनी आइक्यानका पूर्व अध्यक्ष हुन् । यस्तै, संघको महासचिवमा इन्द्रकुमार श्रेष्ठ, कोषाध्यक्षमा चंकी क्षेत्री निर्वाचित भएका छन् । यता सिए महेश शर्मा ढकाल संघको सदस्यमा निर्वाचित भएका छन् । उनी आइक्यानका पूर्व पार्षद हुन् भने हाल नेपाल इन्भेष्टमेन्ट मेगा बैंकमा डेपुटी सीइओका रुपमा कार्यरत छन् ।
त्यस्तै, सिए देवेन्द्र रमण खनाल र कृष्ण कुमार भट्टराई पनि सदस्यमा निर्वाचित भएका छन् । खनाल हाल राष्ट्रिय वाणिज्य बैंकमा सिइओ छन् ।
यता सदस्यहरूमा उर्मिला श्रेष्ठ, पर्वत कुमार कार्की, मधु पौडेल, डा. बुद्धि मल्ल, अनु जोशी, बाबुराम शर्मा, अरुण कुमार सिग्देल, धर्मानन्द अवस्थी, कृष्ण प्रसाद शर्मा र कृष्णकुमार भुट्टराई निर्वाचित भएका छन् ।

प्रतिक्रिया दिनुहोस्