काठमाडौँ। ज्योति विकास बैंकले रोजगारी खुलाएको छ। बैंकले एक सूचना जारी गर्दै सिए माग गरेको छ। बैंकले जारी गरेको सूचना अनुसार सिए र सेमी क्वाईलिफाइड सिए पदका लागि रोजगारी खुलाइएको हो। बैंकमा काम गर्न चाहने सिएहरूले फागुन ६ गतेभित्र आवेदन दिन सक्नेछन्।आवेदन अनलाइनमार्फत दिन सकिनेछ।

काठमाडौँ । चार्टर्ड एकाउन्टेन्ट (सिए) सुरेन्द्र पौडेलविरुद्ध पुन: भ्रष्टाचार मुद्दा दायर भएको छ । यसअघि भ्रष्टाचार मुद्धामा सफाई पाइसकेका चार्टर्ड एकाउन्टेन्ट सुरेन्द्र पौडेलविरुद्ध पुन: भ्रष्टाचार मुद्दा दायर भएको हो । उदयपुर सिमेन्ट कम्पनीको महाप्रबन्धक हुँदा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार विशेष अदालतमा मुद्दा दायर गरेको हो । दुई वर्षअघि पनि उनीविरुद्ध आयोगलेContinue reading "यसअघि भ्रष्टाचार मुद्धामा सफाई पाइसकेका सिए पौडेलविरुद्ध पुन: भ्रष्टाचार मुद्दा दायर !"

काठमाडौँ । आन्तरिक राजस्व विभागका पूर्व महानिर्देशक चूडामणि शर्मासहित अन्य दुई सिए एलडी महत र उमेश ढकाल जोडिएको राजस्व चुहावट सम्बन्धी भ्रष्टाचार मुद्दामा विशेष अदालतले आइक्यानसहितबाट विशेषज्ञ झिकाउने आदेश दिएको छ। आइतबार विशेष अदालतका न्यायाधीशद्वय नारायणप्रसाद पौडेल र डिल्लीरत्न श्रेष्ठको संयुक्त इजलासले महालेखा परीक्षकको कार्यालय, आन्तरिक राजस्व विभाग र नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाबाट विशेषज्ञ झिकाउनContinue reading "दुई वरिष्ट सिएहरु जोडिएको मुद्धामा आइक्यानबाट विशेषज्ञ झिकाउन अदालतको आदेश !"

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) को २९ औं वार्षिकोत्सव कार्यक्रम सम्पन्न भएको छ। माघ १७ गते अर्थात् शनीबार काठमाडौँस्थित होटेल रेडिसनमा आइक्यानको २९ औं वार्षिकोत्सव कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको हो। आइक्यानले माघ १७ गते अर्थमन्त्री रामेश्वर खनालको प्रमुख अतिथि र माननीय महालेखा परीक्षक तोयम राई र वित्तीय नियन्त्रक शोभा कान्त पौडेलको विशेष अतिथिको उपस्थितिमाContinue reading "आइक्यानको २९औं वार्षिकोत्सव सफलतापूर्वक सम्पन्न…(तस्विरहरु)"

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्टस् संस्था (आइक्यान) ले २९ औं वार्षिकोत्सवको अवसरमा प्यानल छलफल गरेको छ। आइक्यानले २९ औं वार्षिकोत्सवको अवसरमा माघ १७ गते शनीबार होटेल रेडिसन काठमाडौँमा पहिलो सत्र, दोस्रो सत्र र तेस्रो सत्र गरी कुल तीन सत्रको प्यानल छलफल गरेको हो। पहिलो सत्रमा आइक्यानले ‘ग्लोबल अकाउन्टिङ एण्ड फाइनान्स आउटसोर्सिङ ट्रेन्ड्स, रिजनल इनसाइट्स र इमर्जिङContinue reading "आइक्यानको तीन वटा प्यानल छलफल सफलतापूर्वक सम्पन्न…(तस्विरहरु)"



