Skip to content

चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको नतिजा सार्वजनिक, पुनर्योगका लागि १० दिनको समय !

काठमाडौं । नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले सेप्टेम्बर २०२६ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्ट सदस्यता परीक्षाको नतिजा सार्वजनिक गरेको छ। आइक्यानले मंसिर ७ गते नतिजा सार्वजनिक गरेको हो।

परीक्षार्थीहरूले आफ्नो नतिजा तथा प्राप्ताङ्क संस्थाको आधिकारिक वेबसाइट www.ican.org.np मा रहेको Members Portal मार्फत हेर्न सक्नेछन् ।

त्यस्तै, परीक्षामा उत्तीर्ण भएका परीक्षार्थीहरूको प्रमाणपत्र नतिजा प्रकाशित भएको मितिले १५ दिनपछि वितरण गरिने संस्थाले जनाएको छ।

परीक्षाको नतिजाप्रति चित्त नबुझेका परीक्षार्थीले पुनर्योगका लागि १० दिनभित्र आवेदन दिन सक्नेछन्। त्यसका लागि संस्थाले तोकेको पुनर्योग फाराम भरी निवेदन दिनुपर्ने सूचनामा उल्लेख छ।

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।