Skip to content

गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सको प्रमुख वित्त अधिकृत पदमा सिएहरूलाई काम गर्ने अवसर

काठमाडौँ। गुहेश्वरी मर्चेन्ट बैंकिङ एण्ड फाइनान्सले कर्मचारी माग गरेको छ। कम्पनीले प्रमुख वित्त अधिकृत (CFO) माग गरेको हो ।

कम्पनीले प्रमुख वित्त अधिकृत एक जनाका लागि काम गर्ने अवसर खुलाएको हो। चार्टर्ड एकाउन्टेन्ट (CA/ACCA) वा सम्बन्धित विषयमा स्नातकोत्तर उत्तीर्ण गरी बैंक तथा वित्तीय संस्थामा कम्तीमा तीन वर्षको अनुभव भएकाले आवेदन दिन सक्नेछन् । उमेर ४५ वर्ष ननाघेको हुनुपर्ने कम्पनीले जनाएको छ।

इच्छुक तथा योग्य उम्मेदवारले आफ्नो अद्यावधिक बायोडाटा, शैक्षिक प्रमाणपत्र, हालसालै खिचेको फोटो तथा सम्पर्क विवरणसहित आवेदन दिन सक्नेछन्। आवेदन सूचना प्रकाशित भएको मितिले १५ दिनभित्र आवेदन दिनुपर्नेछ । सूचनासहित:

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।