Skip to content

एक्यानको ४१औँ वार्षिक साधारण सभा कार्तिक २४ गते हुने

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) को ४१औँ वार्षिक साधारण सभा कार्तिकमा हुने भएको छ। एक्यानको वार्षिक साधारण सभा कार्तिक २४ गते द प्लाजा पुलचोक, ललितपुरमा बेलुका साँझ ५ बजे हुने भएको हो ।

सभामा कार्यसमितिको तर्फबाट अध्यक्षको वार्षिक प्रतिवेदनउपर छलफलगरी पारित गर्ने,  आर्थिक वर्ष २०८१-८२ को लेखापरीक्षण प्रतिवेदनसहित सम्पूर्ण वित्तीय विवरण उपर छलफल गरी पारित गर्ने र आर्थिक वर्ष २०८२- ८३ को लेखपरिक्षक नियुक्ति गर्ने तथा निजको पारिश्रमिक निर्धारण गर्ने लगायतका विषयमा छलफल हुने एक्यानले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।