काठमाडौँ । नेपाल चार्टर्ड एकाउन्टेन्टस् संघ (एक्यान) को आशन्नको निर्वाचनमा उपाध्यक्ष पदका लागि राजु ढकाल, अनिल लामिछानेले र लोकेन्द्र ऐरले उम्मेदवारी दिएका छन् । उपाध्यक्षमा तीनै भाइले बिहीबार उम्मेदवारी दिएका हुन् ।
ढकाल यसअघि संघमा कोषाध्यक्ष भईसकेका व्यक्ति हुन् भने लामिछाने कार्यसमितिमा बसेर काम गरेका सिए हुन् । ऐर पनि सिएहरुको समूहमा चलेका पात्र हुन् ।
संघको चुनाव यहि असोज ३ गते हुँदैछ । यता अध्यक्ष पदका लागि सिए अनुप नेपाल र बद्री गुरागाईं उम्मेदवार बनेका छन् ।
संघको महासचिवमा सिए सुनिल बुढाथोकी र सिए प्रदीप अर्याल एकआपसमा भिड्दैछन् । उनीहरु एकै समूहका भएको चर्चा भए पनि यसपटक चुनावमा आमने सामने देखिएका छन् । संघको कोषाअध्यक्षमा प्रदीप मल्ल र सविन कार्की उठेका छन् ।
संघको कार्यसमितिमा महिलातर्फ सजना मैनाली निर्विरोध निर्वाचित भएकी छिन् भने खुलातर्फ इशा अधिकारी, अन्जली सावद, सुमन न्यौपाने, रिजिता श्रेष्ठ, गुरु प्रसाद पोखरेल र मिथलेश प्रसाद चौधरीले उम्मेदवारी दिएका छन् ।
प्रतिक्रिया दिनुहोस्