Skip to content

क्याप टु एकै एटेम्प्टमा पास गर्ने आइडियाबारे गुरुकुल सिएको अन्तरक्रिया कार्यक्रम

विराटनगर । गुरुकुल सीएको आयोजनामा बिराटनगरमा क्याप टु विद्यार्थी लक्षित सेमिनार सम्पन्न भएको छ। बिराटनगरस्थित होटल बिगमा आयोजित सो कार्यक्रममा विशेषगरी क्याप टु पास गर्ने तरिका र त्यसमा गुरुकुल सिएको भूमिकाका बारे चर्चा गरिएको थियो ।

कार्यक्रममा गुरुकुल सिएका तर्फबाट सिए मेघराज अर्याल सिएको दोश्रो तह क्याप टु एकैपटकमा कसरी पास गर्ने विषयमा प्रस्तुतीकरण दिएका थिए भने सिए मुकुल भट्टले क्याप टुका लागि गुरुकुल सिए नै किन ? भन्ने विषयमा प्रस्तुतीकरण दिएका थिए ।

यस्तै सो सेमिनारमा सिए अनुपमा संग्रौलाले सिएका विद्यार्थीहरुलाई पर्सनल ब्राण्डीङ किन महत्वपूर्ण छ र कसरी गर्ने भन्ने विषयमा आफ्नो प्रस्तुती दिएकी थिइन् भने, सिए अञ्जली सावदले गुरुकुल सिएले आफ्नो सिएको पढाईमा कसरी सहयोग गर्यो भन्ने विषयमा आफ्नो अनुभव बाँडेकी थिईन् ।

उक्त सेमिनारमा सहभागी विद्यार्थीहरूले सीए अध्ययनका विभिन्न चरणमा के गर्ने ?, समय व्यवस्थापन कसरी गर्ने ?, तयारी रणनीति कसरी बनाउने लगायतका विषयमा जानकारी लिएका थिए ।

गुरुकुल सीए पछिल्लो समय बिराटनगरमा ‘एग्रेसिभ’ रुपमा सिए शिक्षाको बजारीकरण गरिरहेको छ । यहि कारण, बिराटनगरमा गुरुकुल सिएमा विद्यार्थीहरु बढी आकर्षित भएका छन् । क्याप १ मा अहिले पनि बिराटनगरमा सबैभन्दा बढी विद्यार्थी गुरुकुल सिएमै भर्ना भएका छन् ।

काठमाडौँ अलावा गुरुकुल सिएले चितवन, रुपन्देही र मोरङमा गुरुकुल सिएले सिए कोर्सको अध्यापन गराईरहेको छ । पछिल्ला बर्षका नतिजाहरु हेर्दा पनि गुरुकुल सिएको नतिजा उत्कृष्ट मानिएको छ ।

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।