काठमाडौँ। प्राइम कमर्सियल बैंक लिमिटेडले विभिन्न चार पदका लागि कर्मचारी माग गरेको छ। बैंकले लिगल अफिसर, चार्टर्ड अकाउन्टेन्ट, गोल्ड लोन इन्चार्ज र गोल्ड टेस्टर पदमा आवेदन आह्वान गरेको हो।
लिगल अफिसरका लागि कानूनमा स्नातक तह उत्तीर्ण गरी अधिवक्ता लाइसेन्ससहित कम्तीमा ५ वर्षको काम गरेको हुनुपर्नेछ भने चार्टर्ड अकाउन्टेन्टका लागि सिए उत्तीर्ण गरेको हुनुपर्नेछ।
त्यस्तै, गोल्ड लोन इन्चार्जका लागि कम्तीमा ३ वर्ष र गोल्ड टेस्टरका लागि कम्तीमा २ वर्षको सम्बन्धित क्षेत्रमा काम गरेको अनुभव बैंकले माग गरेको छ।
गोल्ड लोन इन्चार्ज र गोल्ड टेस्टर पदका लागि काठमाडौं उपत्यकाभित्र तथा बाहिरका शाखामा काम गर्नुपर्नेछ। इच्छुक नेपाली नागरिकले आवश्यक कागजातसहित २०८३ असोज ११ गते (सेप्टेम्बर २७, २०२६) भित्र बैंकको इमेलमार्फत आवेदन दिन सक्नेछन्। सूचनासहित:




प्रतिक्रिया दिनुहोस्