Skip to content

आइक्यानले इएसजी, जलवायु प्रतिवेदन र दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन संचालन गर्दै

काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले इएसजी, जलवायु प्रतिवेदन र दिगो वित्तसम्बन्धी राष्ट्रिय सम्मेलन संचालन गर्ने भएको छ। आइक्यानले एक आधिकारिक सूचना सार्वजनिक गर्दै सम्मेलन २०८३ साल असोज १६ गते (२ अक्टोबर २०२६) काठमाडौँमा बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन गर्ने जनाएको हो।

सम्मेलनमा वातावरणीय, सामाजिक तथा सुशासन, दिगोपन तथा जलवायु प्रतिवेदन, कार्बन बजार तथा कार्बन सिक्वेस्ट्रेसन, गभर्नेन्स डिस्क्लोजर र दिगो वित्तलगायत विषयमा छलफल तथा प्रस्तुति हुनेछन्।

सम्मेलनमा जलवायु परिवर्तन, कार्बन बजार तथा दिगो विकासका क्षेत्रमा चार दशकभन्दा बढी अन्तर्राष्ट्रिय अनुभव भएका डा. दिवाल्डो रेझेन्डे विशेष सत्रमा सहभागी हुनेछन् ।

त्यसैगरी सीए नरेन्द्र भट्टराई, सीए बिदुर लुइटेल र सीए प्रबिन कुमार झाले विभिन्न विषयमा शोधपत्र पेपर प्रस्तुत गर्ने भयका छन् । सम्मेलनका लागि व्यक्तिगत सहभागिता शुल्क रु. ५,५०० प्लस भ्याट तथा कर्पोरेट तथा अन्य समूहका लागि रु. ७,००० प्लस भ्याट तोकिएको छ । आइक्यानले जारी गरेको सूचना हेर्नुहोस्:

Programme_Schedule-National_Workshop_on_ESG-final

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।