Skip to content

गुरुकुल सीएको उत्कृष्ट प्रदर्शन, गुरुकुलका विद्यार्थीहरूद्वारा तीनै तहमा प्रथम स्थान हासिल !

काठमाडौँ। गुरुकुल सीएका विद्यार्थीहरूले तीनै तहमा प्रथम स्थान हासिल गरेका छन्। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान) ले हालै सार्वजनिक गरेको चार्टर्ड एकाउन्टेन्सी परीक्षाको नतिजामा गुरुकुल सीएका विद्यार्थीहरूले तीनै तहमा प्रथम स्थान हासिल गरेका हुन्।

आईक्यानले जुन २०२६ मा सञ्चालन गरेको चार्टर्ड एकाउन्टेन्सी (सीए) क्याप १, क्याप २ र क्याप ३ परीक्षाको नतिजा सार्वजनिक गरेको हो। जसअन्तर्गत सीए फाउन्डेसनतर्फ स्तुति लोहानी, क्याप २ तर्फ खुसी थापा र क्याप ३ तर्फ दिबश अधिकारीले नेपालभर प्रथम स्थान हासिल गरेका छन्।

नतिजामा विभिन्न तहमा अन्य विद्यार्थीहरूले पनि उच्च स्थान हासिल गरेका छन्। क्याप ३ तर्फ सक्ष्यम पौडेल दोस्रो स्थान र  निश्चल भण्डारीले  तेस्रो स्थान हासिल गर्न सफल भएका छन्।

यता क्याप १ तर्फ अञ्जली सुनार र क्याप २ तर्फ सुजन श्रेष्ठ तेस्रो स्थानमा रहेका छन् । फाउन्डेसन तहमा सब्रिना खड्का चौथो, अनम्ता अधिकारी छैटौं, पुनम पुन र आयुष सापकोटा आठौं तथा नवराज डाँगालले दशौं स्थान हासिल गरेको गुरुकुल सीएले जनाएको छ।

गुरुकुल सीएले काठमाडौंमा मात्रै सीमित नभई देशका विभिन्न स्थानमा सीए अध्ययनको अवसर विस्तार गर्ने उद्देश्यअनुसार शाखाहरू सञ्चालन गर्दै आएको छ।

नतिजापछि गुरुकुल सीएले सफल विद्यार्थी, अभिभावक, शिक्षक, शुभेच्छुक तथा विभिन्न शाखामा कार्यरत सम्पूर्ण टिमलाई धन्यवाद समेत दिएको छ। संस्थाले विद्यार्थीको सफलता शिक्षकको मेहनत, अभिभावकको विश्वास र विद्यार्थीको निरन्तर परिश्रमको परिणाम भएको उल्लेख गर्दै उत्कृष्ट नतिजालाई शैक्षिक गुणस्तरको निरन्तरताका रूपमा प्रस्तुत गरेको छ।

गुरुकुल सीएले परीक्षा उत्तीर्ण गर्न नसकेका विद्यार्थीहरूलाई पनि निराश नभई कमजोरी पहिचान गरेर आगामी प्रयासमा सुधार गर्न आग्रह गरिएको छ।

 

 

Gurukul CA

प्रतिक्रिया दिनुहोस्

अर्थ सरोकारबाट

सिए सरोकार डटकम सिए क्षेत्रको पहिलो र एकमात्र डिजिटल सञ्चारमाध्यम हो । सिए क्षेत्रका बेथितिको खबरदारी र यस क्षेत्रका हरेक राम्रा कामको प्रोत्साहनको उद्देश्य बोकेको सिए सरोकारका कुनै पनि समाचार पुन: प्रकाशन / प्रशारण गर्नुअघि अनुमति लिन अनुरोध छ । तपाईंसँग पनि यस क्षेत्रका केहि सूचना, समाचार वा जानकारी छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै ९८५१०१७९१४ मा सम्पर्क गर्न सक्नुहुनेछ । वा [email protected] मा ई-मेल गर्न सक्नुहुनेछ ।