काठमाडौँ। गुरुकुल सिएले ‘Grand Counselling Session on CA Education’ कार्यक्रम आयोजना गरेको छ। जेठ ४ गते सोमबार गुरुकुल सिएले ‘Grand Counselling Session on CA Education’ कार्यक्रम आयोजना गरेको हो।
सो कार्यक्रममा देशभरबाट उत्साहजनक सहभागिता रहेको थियो । साथै, सिए बन्ने सपना बोकेका विद्यार्थी तथा अभिभावकहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो।
यस अवसरमा प्रवेश परीक्षा दिएर उत्कृष्ट नतिजा हासिल गर्ने विद्यार्थीहरूलाई विशेष सम्मान गरिएको थियो। कार्यक्रममा बोल्दै गुरुकुल सिए परिवारले सफल विद्यार्थीहरूको मेहनत, अनुशासन र समर्पणको खुलेर प्रशंसा गरेको थियो।
प्रवेश परीक्षामा सहभागी भएका सम्पूर्ण विद्यार्थीहरूको प्रयासलाई पनि गुरुकुल सिएले उच्च सम्मान दिएको छ। संस्थाका अनुसार प्रतिस्पर्धात्मक परीक्षा दिने साहस नै सिए बन्ने यात्राको पहिलो सकारात्मक संकेत हो।
त्यस्तै, विद्यार्थीहरूको तयारी, रातदिनको मेहनत र भविष्यको सही मार्ग रोज्न सहयोग गर्ने अभिभावक तथा संरक्षकप्रति पनि गुरुकुल सिएले विशेष धन्यवाद व्यक्त गरेको छ।
कार्यक्रममा सिए अध्ययनको महत्व, भविष्यका अवसर, अध्ययन पद्धति तथा करिअर मार्गदर्शन सम्बन्धी विस्तृत जानकारी प्रदान गरिएको थियो। सहभागी विद्यार्थी तथा अभिभावकहरूले कार्यक्रमलाई अत्यन्त उपयोगी र प्रेरणादायी भएको प्रतिक्रिया दिएका छन्। गुरुकुल सिएले सिए क्षेत्रमा आफ्नो अब्बल छबि बनाएको छ।
सिएको परीक्षामा उल्लेखनीय नतिजा ल्याउन सफल गुरुकुल सिएमा सिए फाउन्डेसनका लागि भर्ना पनि खुलेको छ । प्लस टुको परीक्षा दिएर बसेका विद्यार्थीहरुका लागि लक्षित गर्दै गुरुकुल सिएमा भर्ना खुलेको हो । हेर्नुहोस् कार्यक्रमका खास झलक:






प्रतिक्रिया दिनुहोस्