काठमाडौँ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघ (एक्यान) र यति एयरलाइन्सबीच सम्झौता भएको छ। एक्यानले आफ्ना सदस्यहरूलाई विशेष यात्रामा सुविधा उपलब्ध गराउने उद्देश्यले यति एयरलाइन्ससँग सम्झौता गरेको हो।
एक्यानले समझदारीपत्र (MoU) मा हस्ताक्षर गरिसकेको छ। यस सम्झौता अनुसार एक्यानका सदस्यहरूले यति एयरलाइन्सको मोबाइल एप वा वेबसाइटमार्फत आन्तरिक उडान टिकट बुक गर्दा सबै सेक्टर तथा सबै भाडा श्रेणीमा प्रतिटिकट रु ५०० बराबरको छुट प्राप्त गर्न सक्नेछन्।
साथै, इच्छुक सदस्यहरूलाई स्काइ क्लब सदस्यतासम्बन्धी अतिरिक्त सुविधा पनि उपलब्ध गराइने एक्यानले जनाएको छ। यो सुविधा अप्रिल २०२६ देखि अप्रिल २०२७ सम्म लागू रहनेछ।
एक्यानले आफ्ना सदस्यहरूलाई थप व्यावसायिक तथा व्यवहारिक लाभ प्रदान गर्ने उद्देश्यसहित यस्तो सहकार्य गरेको हो । छुट सुविधा प्राप्त गर्न इच्छुक सदस्यहरूलाई आफ्नो प्रोफाइलिङ तथा दर्ता प्रक्रिया पूरा गर्न आग्रह गरिएको छ।



प्रतिक्रिया दिनुहोस्